जान्वीको प्रेममा बोनीको आपत्ति !



एजेन्सी ।

बलिउड अभिनेत्री जान्वी कपुर र अभिनेता शिखर पहाडियाबीचको प्रेम सम्बन्धबारे चर्चा भारतीय सञ्चारमाध्यममा भइरहन्छ। हालै जान्वीका पिता तथा फिल्म निर्माता बोनी कपुरले शिखर पहाडियासँग तस्वीर लिन अस्वीकार गरेपछि मानिसहरूले जान्हवी र शिखरको सम्बन्धबारे प्रश्न उठाउन थालेका छन्।

हालै मुम्बई एयरपोर्टमा देखिएका बोनीलाई पापाराजीले घेरेका थिए। उनको पछिपछि शिखर पनि थिए। पापाराजीले बोनी र शिखरलाई सँगै पोज दिन अनुरोध गरे। तर, बोनीले शिखरसँग फोटो खिच्न अस्वीकार गर्दै तस्वीर नखिच्न र कतै सेयर पनि नगर्न आग्रह गरे।

सो आग्रहपछि बोनीले एक्लै पोज दिइरहे भने शिखर हाँस्दै आफ्नो बाटो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। यो भिडियोपछि बोनीलाई आफ्नी छोरी जान्वी र शिखरको सामिप्यता मन नपरेको हो कि भन्ने प्रश्न मानिसहरूले उठाएका छन्।

शिखर र जान्वी बाल्यकालदेखिका साथी हुन्। पछिल्लोसमय जान्वी र शिखर विभिन्न सार्वजनिक समारोहदेखि मन्दिर र घुमघाममा सँगै देखिन थालेपछि बलिउडमा उनीहरूबीच प्रेम चर्चा थप चुलिन पुगेको छ। तर, आधिकारीक रूपमा उनीहरूले यसबारे मुख खोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्