सलिना आर्यनका साथ डकुड्रामा बनाउँदै



काठमाडौं ।

निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा हामी छौं निर्माण गर्ने भएकी छन्। डकुड्रामामा उनीहरूको नै मुख्य भूमिका रहनेछ।

डकुड्रामाको निर्देशन कसले गर्ने भनेर टुंगो लागिसकेको छैन। सलोन सलिना फिल्म्स्को ब्यानरमा निर्माण हुने डकुड्रामामा नाम चलेका निर्देशक नै लिने तयारी सलिनाको छ।

उनी र आर्यन यो ड्रामाको छायांकनका लागि आगामी मेमा नेपाल आउँदैछन्। उनीहरू दुवैजना लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन्।

यो डकुड्रामामार्फत सात प्रदेशबाट सातजना कलाकार छनोट गरिनेछ। जो वास्तविक जीवनमै पीडित छन्। हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ। डकुड्रामाको उद्देश्य पीडितलाई चाहिनेभन्दा बढी आर्थिक सहयोग गर्ने रहेको सलिनाले बताइन्।

सात एपिसोडमा निर्माण गरिने डकुड्रामालाई सातजना निर्देशकले नै निर्देशन गर्नेछन्। निर्देशकको नाम चाँडै घोषणा गरिनेछ। डकुड्रामामा संगीत शम्भुजित बाँस्कोटा र गीत आनन्द अधिकारीको हुनेछ। हाललाई ड्रामाको बजेट ५० लाख छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्