सकियो ईश्वर



राजु गिरीको निर्देशनमा निर्माणाधीन फिल्म ईश्वरको छायांकन २७ दिनमा सकिएको छ।
दिव्या कंगना फिल्म्स्को ब्यानरमा लक्ष्मी कुँवर थापाद्वारा प्रस्तुत तथा हरिबहादुर थापा र शंकर गिरीद्वारा निर्माणाधीन फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनील थापा, सबिन बाँस्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

पोखरा र हेम्जाकोटमा छायांकन गरिएको फिल्ममा पटकथा र संवाद भोजराज देवकोटा, संगीत अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र वीपी वाग्ले, कोरियोग्राफी कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डे, द्वन्द्व देव महर्जन र छायांकन रामेश्वर हुमागाईंको रहेको छ।

प्रतिक्रिया दिनुहोस्