पूजाको फरक भूमिका



आगामी शुक्रबारबाट रिलिज हुने फिल्म उपहारमा नायिका पूजा शर्मा यसअघि भन्दा भिन्न चरित्रमा देखिने बताएकी छन्।
‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजाको चरित्रमा छु। काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्नुपर्दो रहेछ भन्ने चरित्र निर्वाह गरेकी छु। उसले गलत बाटो पनि अपनाउँछ,’ पूजाले सुनाइन्। पूजाको अनुभवमा अहिले विशेषतः युवा पुस्ताको ध्यान कसरी पैसा कमाउने भन्नेमा छ। उनले उपहारमा यस्तै चरित्रमा अभिनय गरेको खुलाइन्।

पूजाका अनुसार उनीबाहेक धेरै नायिकालाई यो भूमिकाका लागि अफर गरिएका थियो। तर,अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन्। अन्ततः त्यो चरित्र निर्वाह गर्ने जिम्मा पूजाकै काँधमा आइलाग्यो।

‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले दिदी यो कथा मलाई सुहाउँदैन भनेपछि मैले यो चरित्र निर्वाह गरे“। खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेकी थिए“,’ पूजाले खुलाइन्। पूजाका अनुभवमा मान्छेहरू फिल्ममा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाँहदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीले पूजा चरित्रलाई अस्वीकार गरेका थिए। ‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ। यो मेरा लागि नयाँ हो भन्ने भयो। मैले चरित्रमा जोखिम नै मोलेको हो,’ पूजा भन्छिन्, ‘तर, मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि अझ सहज भयो। उहाँ मेरा लागि अभिभावक हो र पहिलादेखि सहकार्य हुँदै आएको थियो।’

प्रतिक्रिया दिनुहोस्