नन्दिताले नेपाल आएर गरिन् बिहे

122.11k
Shares

काठमाडौं ।

लामो समयदेखि अमेरिकामा रहँदै आएकी अभिनेत्री नन्दिता केसीले नेपाल आएर विवाह गरेकी छन्।

अभिनेत्री केसीले शनिबार राजधानीको लाजिम्पाटस्थित होटल शंकरमा आयोजित एक वैैवाहिक समारोहबीच प्रेमी डा. अरविन्द कटुवालसँग विवाह गरेकी हुन्।

६ महिनाअघिको भेटपश्चात्को प्रेमलाई नन्दिता र अरविन्द्रले विवाहमा परिणत गरेका हुन्। अमेरिकामै बस्दै आएका अरवीन्द्र मुटुरोग विशेषज्ञ हुन्। उनीहरूले यसअघि क्यानडामा इन्गेजमेन्ट गरेका थिए।