दिलीपपुत्री दिव्या एक्टरबाट डेब्यु गर्दै



काठमाडौं ।

अभिनेता दिलीप रायमाझीकी पुत्री दिव्या रायमाझीले पनि नेपाली रजतपटमा डेब्यु गर्ने भएकी छिन्। दिव्याले अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म एक्टरबाट नवनायिकाको रूपमा डेब्यु गर्न लागेकी हुन्।

निर्माणपक्ष र दिव्याको तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच सो फिल्ममा काम गर्ने सम्झौता भएको हो।

अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्मबाट डेब्यु गर्न लागेकी हुन्। फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइराला पनि मुख्य भूमिकामा रहनेछन्।

अदृत फिल्म्स्को ब्यानरमा राजन भुसालको निर्देशन र थमनकुमार भण्डारीको निर्माणमा बन्ने फिल्मको छायांकन आगामी वैशाख पहिलो साताबाट सुरु हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्