गाउँ नै रमाइलो बनाउँदै कडरिया



काठमाडौं ।

२०७६ सालमा भुटानी शरणार्थीको प्रेमकथामा रातो गलबन्दीनामक फिल्म निर्माण गरेर फिल्म उद्योगमा प्रवेश गरेका हिमाल कडरियाले गाउँ नै रमाइलोनामक फिल्म निर्माण गर्ने भएका छन्।

पछिल्लो समय दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा नांगो गाउँ फिल्म निर्माण गरेका कडरियाले दिनेश राउतको निर्देशनमा नांगो गाउँ निर्माण गर्न लागेका हुन्।

कडरियाले मौलिक नेपाली कथावस्तुलाई समेटेर नेपालमा नै युवालाई अवसर र सम्भावना दुवै छ भन्ने सन्देशका साथ एक युवाको संघर्षको कथालाई पर्दामा उतारिने बताए।

आई एम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रसाद, प्रकाश, पुजार सार्कीजस्ता फिल्म निर्देशन गरिसकेका राउतको निर्देशनमा बन्न लागेको यो पछिल्लो फिल्म हो।

दयाहाङ राई, अर्चना सिग्देल र मिरुना मगरलगायत कलाकारको मुख्य भूमिका रहने फिल्म आगामी वर्षको दसैंमा रिलिज गरिने योजना रहेको निर्माता कडरियाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्