सुगुपको विशेष प्रदर्शन



काठमाडौं ।

लिम्बू कला, संस्कृति र संस्कारमा निर्मिति फिल्म सुगुपको हालै राजधानीमा विशेष प्रदर्शन गरिएको छ।

किराँत याक्थुङ चुम्लुङ काठमाडौं, ललितपुर, भक्तपुर याक्थुङ युथ एसोसिएसन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाजको सहआयोजनामा विशेष प्रदर्शन गरिएको फिल्ममा लिम्बू जातिमा प्रसव पीडाका कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा मृत्यु हुने महिलालाई सुगुप भएको कथा छ।

रबिनकुमार नाल्बो लिम्बूको भन्ने प्रस्तुति तथा निर्माणमा बनेको फिल्ममा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबिता नेयोङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एमके योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेलालगायत कालाकारले अभिनय गरेका छन् भने लोकेन साँबा लिम्बूद्वारा निर्देशित फिल्ममा नृत्य निर्देशन कमल राई र द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ।

प्रतिक्रिया दिनुहोस्