अमेरिकाका महोत्सवमा छानिए नेपालीको अ डिस्ट्रयाक्सन र अनकम्प्लिटेड



काठमाडौं ।

अमेरिकामा फिल्म र थिएटर अध्ययन गरिरहेका नेपाली विद्यार्थीका दुई फिल्मले त्यहाँका विभिन्न फिल्म महोत्सवमा स्थान पाएका छन्।

ओमराज राउतको लेखन तथा प्रमोद तिरिवालको निर्देशनमा बनेको सर्ट फिल्म अ डिस्ट्रयाक्सनले विश्वचर्चित वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटर फाइनलमा स्थान पाएको छ भने ब्रिटिस फिल्म फेस्टिवल, न्यूयोर्क लिफ्टअप फेस्टिवलमा पनि चयन भएको छ।

त्यसैगरी, ओमराज राउत संलग्न अर्को छोटो फिल्म अनकम्प्लिटेड लिफ्टअफ ग्लोबल फिल्म फेस्टिवलमा छनोट भएको छ। अ डिस्ट्रयाक्सनको कथाले दर्शकलाई प्रविधिसँग उनीहरूको सम्बन्ध, त्यसले पार्ने प्रभावहरूलाई कथा बुनेको छ भने अनकम्प्लिटेडले शारीरिक चुनौतीमा परेका साझा अनुभवको व्याख्या गरेको छ।

अमेरिकामा थिएटरको अध्ययन र कामपछि फिल्म लेखन र अभिनयमा आफ्नो भविष्य निर्माणमा जुटेका ओमराज राउतले प्राप्त उपलब्धीप्रति खुशी व्यक्त गरेका छन्।

दुवै फिल्मका निर्देशक प्रमोद तिरिवाल हुन्। तिरिवालले निर्देशनसँगै यी फिल्मको लेखन कार्यमा समेत सहकार्य गरेका छन्। प्रमोद अहिले अमेरिकामा फिल्म निर्माणमा एमएफए पढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्