बढ्यो अमेरिकी डलरको मूल्य अन्य देशको कति छ ?



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको मूल्य बढेको छ भने  युरोको मूल्य घटेको छ। यसैगरी बेलायती पाउण्डको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको मूल्य १६ पैसाले बढेको हो। शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसामा थियो ।

आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४० पैसा र बिक्रीदर १४४ रूपैयाँ ०५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको मूल्य एक रुपैयाँ ३३ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८४ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्