रेखालाई अमेरिकामा पुत्रीलाभ



काठमाडौं ।

अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापालाई पुत्रीलाभ भएको छ। अभिनेत्री थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्रीलाभ भएको भन्दै विभिन्न तस्वीर सेयर गरेर जानकारी दिएकी हुन्।

‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ

हेर धर्तीमा तिमी जन्मनको महान कारण छ।’

आफूलाई पहिलो सन्तान प्राप्ति भएको जानकारी दिने क्रममा रेखाले फेसबुक पेजमा लेखेकी छन्। रखाले पुत्रीको नाम वैभवी रज्यलक्ष्मी शाही ठकुरी नामाकंरण गरेको जानकारीसमेत गराएकी छन्।

उनी गर्भवती भएपछि सन्तानलाई जन्म दिन पति बलराम शाही ठकुरीका साथ केही महिनाअघि अमेरिका गएकी थिइन्। रेखाद्वारा निर्मित तथा अभिनीत पछिल्लो फिल्म उपहार आगामी फागनु २५ गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्