शारदा माविको ६३औँ वार्षिकोत्सव, मन्त्री मोक्तानद्वारा उद्घाटन



दोलखा। 

जिल्लाको शैलुङ्ग गाउँपालिका ८ भैसेस्थित शारदा माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सुरु भएको छ । वाग्मती प्रदेशका  सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सोमबार  एक कार्यक्रमकाबीच  वार्षिकोत्सवको उद्घाटन गरेकी हुन्।

सो अवसरमा  उनले विद्यालयको शैक्षिक प्रगति देखेर खुसी लागेको बताउदै थप प्रगतिको शुभकामना व्यक्त गरिन् । उनले प्रदेशका सेवाहरू लिन हेटौँडा पुग्नु पर्ने बाध्यतालाई मध्येनजर गर्दै सेवा केन्द्र स्थापना गरी प्रभावकारी सेवा प्रदान गरिने उल्लेख गरिन् ।

जिल्ला जिल्लामा कार्यालय स्थापना गर्न स्रोतसाधनको अभावले सकिन्न उनले भनिन् तर ४-५ जिल्लाको बिचमा सेवा केन्द्र स्थापना गर्ने योजना चाहिँ बनेको छ । सानो सानो कार्यक्रम प्रदेशले सञ्चालन नगर्ने उनले बताइन ।

वाग्मती प्रदेशको शिक्षा नीति केही दिनमा पारित हुने जानकारी दिँदै त्यसले शैक्षिक क्षेत्रको प्रगति हुने उल्लेख गरिन् । नीतिले शिक्षाको गुणस्तर सुधारमा जोड दिने र त्यसका लागि तीन तह बिचको समन्वयलाई प्रभावकारी बनाइने छ, उनले भनिन् ।

अग्रेजि भाषा मोहले अन्य विषयलाई प्राथमिकता नदिनु अनुपयुक्त हुने मन्त्री मोक्तानको भनाइ थियो ।

विद्यालय समितिका अध्यक्ष कमल (ज्योति) श्रेष्ठको अध्यक्षता भएको उद्घाटन समारोहमा राष्ट्रियसभा सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समिति प्रमुख बर्चुराम घतानि, नेकपा माओवादि केन्द्रीय सदस्य शंकर लामा, शैलुङ गा.पा. अध्यक्ष रिमल बाबू श्रेष्ठ, मेलुङ गा.पा. अध्यक्ष हिरा कुमार थोकर, शैक्षिक तथा सामाजिक व्यक्तित्व कमल बहादुर थोकर, अखिल जिल्ला शिक्षक अध्यक्ष त्रिभुवन मा.वि.का प्रधानाध्यापक सन्तोष श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

३ दिनसम्म जारी रहने वार्षिकोत्सव कार्यक्रममा विभिन्न प्रतियोगिता संगसगै सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले जानकारी दिए ।

सो अवसरमा मन्त्री मोक्तानद्वारा विद्यालयलाई सहयोग गर्ने समाजसेवी तथा सहयोगिदाताहरू एस.चाईनिज किचेनका संचालक शिव लाल लामा( साङ्यो योञ्जन), परवर दिगार, पर्यटन व्यवसायी भाइ बहादुर तामाङ, राजु कार्की, रोजकुमार गोले, मोहोन सिंह तामाङ, सामाजिक व्यक्तित्वहरू, विद्यालय संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू लगायतलाई  सम्मान पत्र प्रदान गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्