जिएम कप उपाधि पुलिसको हातमा



नवलपरासी ।

राष्ट्रिय जिएम कप भलिबलको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले सशस्त्रकाे एपिएफ क्लबलाई हराउँदै जिएम कप हात पारेको हो ।
खेलकाे सुरुवाती सेट नेपाल पुलिसले २४ विरुद्ध २६ स्कोर सहित जितेको थियो भने, दोस्रो सेटमा एपिएफले २१ विरुद्ध २५ स्कोर साथ खेललाई बराबरी पार्न सफल रह्यो ।

तेस्रो सेटमा पुलिसले एपिएफलाई २५/२१ मा पछाडि पार्दा, चौथो सेटमा एपिएफले २५/ २१ कै स्काेरमा जित निकाली खेल बराबरीमा पुगेको थियो ।
वेस्ट अफ फाइबको अन्तिम सेटमा एपिएफलाई  १५/१२ काे स्काेरमा पछाडि धकेल्दै नेपाल पुलिस क्लब जिएएम कपकाे विजेता बनेको हो ।
फाइनल खेलकाे नतिजासंगै जितमा पुरापुर आशावादी बनेको सशस्त्र प्रहरीकाे एपिएफ क्लबले उपबिजेताकाे उपाधिमा चित्त बुझाएको छ ।

तेस्रो उपाधि विजेता भने गण्डकी प्रदेश टिम बनेको छ । गण्डकीले २५/१७,२५/१८ र  १५/ ११ स्काेरकाे जित निकालेको थियो ।

सोही खेलमा त्रिभुवन आर्मी क्लब भने पहिलो र तेस्रो सेेट २५/१७ र २५/१५ स्काेरमा सीमित रहन गयो ।

यही  फागुन ६ गतेबाट गुड मर्निङ समाज नवलपुर, पूर्वी नवलपरासीकाे आयोजनमा सञ्चालित जिएम कप आमन्त्रित  राष्ट्रिय भलिबल प्रतियोगिताको याे पहिलो संस्करण हो ।

जि एम कप उपाधि विजेता प्रथम द्वितीय र तृतीय हुने समूहले शिल्ड, मेडलर प्रमाणपत्रसहित २ लाख १ लाख र ५० हजार क्रमशः हात पारेका छन् ।
जिए कप उपाधि विजेता समूहलाई प्रमुख अतिथि  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक घिसिङले पुरस्कार प्रदान गर्दै आयोजक जिएएम समाजलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्