संगीतमा गायक चौलागाईंको नझुक्याउन आग्रह



लोकप्रिय गायक तथा संगीतकार युवराज चौलागाईंले आफूलाई नझुक्याउन आग्रह गरेका छन् । उनले आफ्नो नयाँ गीत नझुक्याउमार्फत सो आग्रह गरेका हुन्। माया प्रेममा हुने विभिन्न उतार चढावलाई लिएर तयार पारिएको गीतमा युवराजकै स्वर र संगीत रहेको छ भने दिपिका रिमाल थापाको शब्द रचना र श्याश्वेत रसाईलीको एरेन्जमेन्ट रहेको छ।

गीतमाथि कलात्मक म्युजिक भिडियो निर्माण गरिएको छ। जसमा गायक स्वयं चौलागाईंको साथमा मोडल कुसुम शर्मा, विकास लामिछाने र मेनुका ढकालले अभिनय गरेका छन्। राज आचार्यको कन्सेप्टमा तयार पारिएको भिडियो शान थापाले निर्देशन गरेका हुन्। छायाँकार अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको गीत गायक चौलागाईंकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्