मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० जनकवि श्रेष्ठलाई



काठमाडौँ।

यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार नेपालभाषाको साहित्य क्षेत्रमा जनकविको रुपमा चिनिएका कवि गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी दिँदै आएको पुरस्कार २०८० सालको लागि कवि श्रेष्ठलाई प्रदान गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर यही फागुन गते श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

उक्त पुरस्कार एक लाख राशीको रहेको छ । यस अघि यो पुरस्कार साहित्यकार तिलक विक्रम नेम्वाङ र शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्