जिएम कप राष्ट्रिय भलिबलमा पुलिस र एपिएफ फाइनलमा



नवलपरासी। 

प्रथम जिएम कप आमन्त्रित भलिबल खेलमा गण्डकी, नेपाल पुलिस र एपिएफ फाइनल पुगेका छन् ।

तेस्राे  दिन  साेमवारकाे पहिलाे सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशसँग २५/१७,२५/११ र २५/२१ काे जित निकालेको थियो ।
सोही खेलमा गण्डकीले २५/२१ काे १ सेटमात्र हात पार्न सफल भयाे । गण्डकीलाई हराएसँगै नेपाल पुलिस क्लबले फाईनल यात्रा तय गरेकाे छ ।

त्यसैगरी  नेपाल आर्मी क्लव र एपिएफ बिचकाे खेलमा एपीएफले आर्मी लाई  २५/१७,२५/१४र २५/१९ काे सोझो सेटमा हराउँदै फाईनल पुगेकाे हाे ।
मंगलबार गण्डकी र आर्मी  बीच थर्ड प्लेस तथा एपीएफ र  पुलिस फाइनलमा भिड्नेछन्  ।

सम्पन्न खेलमा पुलिस क्लवका रिवन्द्र चन्द र एपिएफका लाेकेन्द्र गिरी  म्यान अफ दि म्याच घोषित भए ।
जिएम कपको पुरस्कार राशि  २ लाख रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्