फिल्म पत्रकारको प्रथम राष्ट्रिय भेला सुरु



हेटौंडा ।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला आइतबारबाट हेटौंडामा सुरु भएको छ। भेलामा ११ सत्रमा फिल्म, फिल्म पत्रकारिता र फिल्मसम्बन्धी विषयमा छलफल जारी छ।

भेलाको शुभारम्भ गर्दै प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले फिल्म नरहे नेपाली संस्कृति र पहिचान नरहने टिप्पणी गर्दै फिल्म क्षेत्र व्यक्ति र पेसागतभन्दा पनि राज्यको संस्कृति तथा पहिचानस“ग जोडिएको चर्चा गरिन्।

पर्यटकीय हिसाबले मकवानपुर महत्वपूर्ण रहेको र चलचित्र विकास बोर्डले प्रस्ताव लिए आए फिल्म स्टुडियो बनाउन उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरिन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्म क्षेत्रले फड्को मार्न नसक्नुको कारण फिल्म ऐन आउन नसक्नुलाई देखाउँदै फिल्म क्षेत्रको विकासमा चलचित्रकर्मी र पत्रकारबीच साझदारी कमजोर बन्दै गएको बताए।

फिल्म ऐन निर्माणमा ढिलाइ हु“दा फिल्म क्षेत्रको विकास प्रभावित भएको र यसका लागि चलचित्र विकास बोर्डले पहल गरिरहेको जनाउँदै उनले फिल्मलाई विश्वव्यापी बनाउन पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए। उनले नेपाली फिल्मको हित हुनेगरी सबैको साझा सहमतिमा चा“डै विधेयक पारित हुनुपर्नेमा जोड दिए।

‘सञ्चार तथा सूचना प्रविधिमन्त्री सुरुदेखि नै विधेयकमा सकारात्मक हुनुहुन्छ। मेरो कार्यकालमा नै यसलाई टुंगो लगाउँछु भनेर बोर्डलाई विश्वास दिलाएका कारण यसलाई छलफल गरी मस्यौदा पठाइनेछ,’ भुवनले भने।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले फिल्म क्षेत्रले सेवा क्षेत्रको रूपमा मान्यता नपाउ“दा समस्या भएको जनाउँदै फिल्मको विकासका लागि विदेशी कलाकार प्रयोग गर्न नपाउने व्यवस्था गरिएको बताए।

संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवति सापकोटाले फिल्म क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको बताए। प्रदेश सरकारले ऐन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ऐनको मस्यौदा तयार गरिरहेको जानकारी पनि उनले दिए।

भेलाको औपचारिक शुभारम्भपछि संघका पूर्वअध्यक्ष शान्तिप्रियले नेपाली चलचित्र पत्रकारिता क्षेत्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने उनको प्रस्तुतिमा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले टिप्पणी गरेका थिए। बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको फिल्म ऐन मस्यौदा प्रदेश सञ्चार रजिस्टार सापकोटाले प्रस्तुत गरेका थिए।

त्यस्तै, फिल्म पत्रकार ध्रुव लम्सालले नेपाली फिल्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने संघका पूर्वअध्यक्ष विदुर गिरीले त्यसमाथि सुझाव दिएका थिए। भेलामा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवति सापकोटाले विविध विषयमा जानकारी दिएका थिए भने प्रेस काउन्सिलले आचार संहिताबारे जानकारी गराएको छ।

आज सोमबार सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोसन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयमा सम्वाद र अन्तरक्रिया हुनेछ। त्यस्तै, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको फिल्म ऐन मस्यौदामाथि छलफल हुनेछ।

संघ अध्यक्ष समीर बलामीका अनुसार संघ स्थापनाको २५ औं वर्ष पारे गरेको अवसरमा राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलामा झन्डै दुई फिल्म पत्रकार, निर्माता, निर्देशक र फिल्मकर्मीको सहभागिता छ। भेलाको समन्वय र व्यवस्थापन चलचित्र पत्रकार संघ मकवानपुर शाखाले गरेको हो।

प्रतिक्रिया दिनुहोस्