जिएम कप भलिबलमा लिग चरण खेल सम्पन्न, पुलिस र एपिएफ विजयी



नवलपरासी।  

प्रथम जिएम कप राष्ट्रिय भलिबल खेलमा गण्डकी,  नेपाल पुलिस क्लब र एपिएफ सेमिफाइनल पुगेका छन् ।

दाेस्राे  दिन  आईतवारकाे पहिलाे खेलमा आयाेजक जिएम समाज कावासाेतीलाई गण्डकी प्रदेश टिमले २५/२१,२५/२२ र २६/२४ काे साेझाे सेटमा पराजित गरेकाे थियाे ।

दाेश्राे खेलमा नेपाल पुलिस क्लवले  नेपाल आर्मी क्लवलाई २५ / १९, २७/२५ र १८/१६ ले पछि पार्दै जित निकालेकाे हाे ।
आर्मीले अघि पछि गरि २५ /१८ र २५/२० स्काेरकाे जितमा पुलिससंग खेलेकाे थियाे ।

स्थानीय कुमारवर्ती क्याम्पस ग्राउन्डमा संचालित तेस्रो  खेलमा बिभागीय टिम एपिएफले २५/१८,२५/१३ र १५/१३  सहित जित हात पारेकाे छ ।
साेही खेलमा एपिएफकाे प्रतिष्पर्धी गण्डकी प्रदेशले २५/१७ र २५/२३ मा चित्त बुझायो । याेसँगै  जिएम कप २०८० अन्तरगत लिग चरणका खेलहरू सकिएका छन् ।

सम्पन्न तीन खेलमा गण्डकीका खेलाडी सन्तोष बिक, पुलिस क्लवका बलराम गुरूङ्ग र एपिएफका बिजय थापा म्यान अफ दि म्याच घाेषित भए।
साेमबार आर्मी र एपिएफ तथा पुलिस र गण्डकी बीच सेमिफाइनलका गेम हुने खेल संयाेजक कृष्ण रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्