एसीसी महिला प्रिमियर कप: फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै



काठमाडौं ।

नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ।

नेपाल र मेलेसियाबीचको खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदै छ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबार नै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्यान्ड र युएई भिड्दै छन्। यो खेल भने नेपाली समय अनुसार बिहान ७:१५ बजे हुँदै छ। सेमिफाइनलका विजेता दुवै देश महिला एसिया कपमा छनौट हुने छन्।

प्रतिक्रिया दिनुहोस्