एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै


काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

स्थायी कमिटीको दोस्रो बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।