सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका १० डाडाँटोलमा श्रीमानले ढुङ्गाको लोहोरोले हिर्काउदा श्रीमतीको मृत्यु भएको छ । मंगलवार राती १ बजेको समयमा डाडाँटोलका अन्दाजी ४१ बर्षिया मनोज कार्कीले सामान्य विवाद हुदाँ ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा श्रीमती ४० बर्षिया सानु कुमारी कार्कीको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार श्रीमान कार्कीले आफ्नै घरको आफुँ सुत्ने कोठामा लोहोरेले हिर्काउदा श्रीमतीको मृत्यु भएको हो । श्रीमान कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक बिजय श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक श्रेष्ठका अनुसार घटना पछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शवलाई सिन्धुली अस्पताल ल्याईएको छ । उनका दुई छोराहरु रहेका छन् ।











प्रतिक्रिया