रोनाल्डोको गोलमा अल नासर विजयी



काठमाडौं ।

साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा अल नासरले अल फेइहालाई १-० गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितसँगै अल नासरले पहिलो लिगमा १-० को अग्रता लिएको छ । अब राउण्ड १६ को दोस्रो लिग फेब्रुअरी २१ मा हुने छ।

प्रतिक्रिया दिनुहोस्