एसीसी प्रिमियर कपः कुवेतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा



काठमाडाैं ।

एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।

आज मलेसियामा भएको क्वार्टरफाइनलमा कुवेतमाथि नेपालले डिएलएस मेथडमा ८ विकेटको जित निकाल्यो। अब नेपालले फाइनल प्रवेशका लागि आयोजक मलेसियासँग शुक्रबार खेल्नेछ।

कुवेतले दिएको ७४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालले ६.५ ‌ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउदा खेल वर्षाले रोकिएको थियो।

नेपालकी कप्तान इन्दू बर्मा २२ रन र कविता जोशी ४ रन बनाएर खेलिरहेका थिए। त्यसअघि कविता कुँवर १ रन र सीता रानामगर १७ रनमा आउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्