कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य, सीताको ह्याट्रिक



काठमाडौं ।

कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

कुवेतका लागि प्रियादा मुरलीले सर्बाधिक २९ रन बनाएकी थिइन् भने शान्थी बलासुब्रमन्यन र खादिजा खालीलले १३-१३ रन बनाएका थिए ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । त्यस्तै नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्