ज्याकलिन सुकेशको धम्कीले दिक्दार



काठमाडौं ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले सुकेश चन्द्रसेखले आफूमाथि जेलभित्रबाटै धम्की तथा दुःख दिएकोे आरोप लगाएकी छन्।

उनले एक पत्रमार्फत् भारतीय मुद्रा अपचलनको आरोपमा मुद्दा लडिरहेका सुकेशका कारण आफूलाई खतरासमेत भएको उल्लेख गर्दे दिल्ली प्रहरी प्रमुख सञ्जय अरोडालाई पत्र लेखेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

ज्याकलिनले अरोडालाई यस मामलामा तुरुन्त हस्तक्षेप गर्नसमेत आग्रह गरेकी छन्। द इण्डियन एक्सप्रेसका अनुुसार ज्याकलिनले केही दिनअघि सो पत्र लेखेकी हुन्। सो पत्रमा आफू अन्जानमा सुशेसको मामलामा अल्झिएको र यस विषयले आफ्नो भविष्यलाई नराम्रो असर पार्ने उल्लेख गरेकी छन्।

एक विशेष सेलद्वारा दर्ता गरिएको उजुरीमा ज्याकलिनले आफूलाई अभियोजन पक्षको साक्षीको रूपमा मानसिक रूपले प्रताडित गरिएको र विभिन्न खालका धम्की आइरहेको जनाएकी छन्।

ज्याकलिनले सुकेशले आदलतमा साँचो कुरा नबताउन धमक्याइरहेको आरोप लगाउँदै उनको धम्की दिने र डर देखाउने रणनीतिले आफूलाई गम्भीर रूपमा दिक्दार पारिरहेको बताएकी छन्।

‘यस कुराले केवल मेरो व्यक्तिगत मामलामा मात्र नभई देशकै न्याय प्रणालीमाथि नै असर पार्नेछ,’ ज्याकलिनले उजुरीमा लेखेकी छन्।

ज्याकलिन लामो समयदेखि सुकेशको मुद्दामा फसिरहेकी छन्। सुकेशबाट महंगा उपहार र रकम लिएको प्रमाणित भएपछि उनी यो मामलामा तानिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्