लोकभजन मकवानपुरमा सुवेदी



हेटौंडा । राष्ट्रिय लोकभजन चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान नेपाल मकवानपुरको प्रथम अधिवेशन हेटौंडामा सम्पन्न भएको छ।

यसअघि तदर्थ समिति रहेको प्रतिष्ठानको अधिवेशनबाट रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठान जिल्ला कार्यसमिति चयन गरिएको हो।

उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा प्रतीक्षा चौलागाईं, सचिवमा सुभासचन्द्र कँडेल, सहसचिवमा नानीराम दुलाल, कोषाध्यक्षमा रामप्रसाद फुयाँल, सहकोषाध्यक्षमा गहन खतिवडा तथा सदस्यहरूमा तुलसी पाठक, रामचन्द्र अर्याल, लीलानाथ अमगाईं, शिवप्रसाद न्यौपाने, विनोद पुडासैनी, पार्वती दुलाल, सरस्वती फुयाँल, मखकुमारी तिमल्सिना, इन्दिरा फुयाँल, हिराप्रसाद तिमल्सिना, सावित्री ढकाल, बद्रीप्रसाद अर्याल, कमला खड्कालगायत छन्। प्रतिष्ठानका लागि बाँकी सदस्य पछि कार्यसमिति बैठकबाट मनोनीत गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन्।

प्रतिष्ठान केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न खैंजडी भजन एवम् नौमती बाजा समूहले प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्