अवैध विदेशी मुद्रासहित एकजना पक्राउ



काठमाडौं ।

लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोक जुगल गाउँपालिक-२ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्