माल्दिभ्सविरुद्ध रुबिनाको शतक



काठमाडौं।

नेपाली महिला क्रिकेट टिमकी पूर्व कप्तान रुबिना क्षेत्रीले शतक प्रहार हरेकी छन् । मलेसीयामा जारी एसीसी महिला प्रिमियर कप खेलिरहेको नेपालका लागि माल्दिभ्सविरुद्धको खेलमा रुबिनाले शतक प्रहार गरेकी हुन् ।

रुबिनाले ५४ बलमा शतक पुरा गरेकी हुन् । रुबिनाले आफ्नो शतक पुरा गर्नेक्रममा १० चौका र ३ छक्का प्रहार गरेकी थिइन् ।

यो उनको पहिलो टी-२० शतक हो । साथै नेपाली महिला खेलाडीले टी-२० मा बनाएको पहिलो शतक पनि हो ।

प्रतिक्रिया दिनुहोस्