अगस्त्यको मायामा



काठमाडौं ।

आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १ को प्रेमभावको गीत मायामा तिम्रै मायामा प्रेम दिवसको छेको पारेर सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीको संगीत, सविन एकतारेको शब्द रचना, रिकेश गुरुङको संगीत छ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत कलाकारलाई फिचरिङ गरिएको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतले अभिनय गरेका छन्।

अगस्त्यले फिल्मको फस्टलुक सार्वजनिक भएदेखि चर्चा पाइरहेको छ। केही दिनअघि सार्वजनिक टिजरले पनि तारिफ पाइरहेको छ।

टिजरबाट मिलेको सकारात्मक प्रतिक्रियाबाट थप उत्साहित बनाएको निर्माण पक्षले जनाएको छ। टिजरमा समावेश ‘मानव सभ्यताको सुरुवात जंगलबाट भयो, जंगल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छेभित्रको जनवार’संवादलाई दर्शकले मन पराएका छन्।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलद्वारा निर्मित फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता छन्।

कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सञ्जय लामाको छाया“कन, मनोज श्रेष्ठको भीएफएक्स र सुप्रिम पराजुलीको कलर रहेको छ।

नेपाली रहेका विश्वका विभिन्न देशमा एकसाथ रिलिज हुने फिल्म अमेरिका र बेलायतमा आठ सयदेखि एक हजार शो, क्यानडामा एक सय ५० सो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा एक सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशमा सात सय ५० शोमा रिलिज हुने निर्माण संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्