सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ



काठमाडौं ।

पन्ध्र वर्षअघि निर्माण भएको फिल्म अन्दाजमा समावेश गीत सिम्पल सिम्पल कान्छीको दोस्रो भागस्वरूप सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ बोलको गीत सार्वजनिक गरिएको छ।

जवानीको समयमा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर, शङ्कर अधिकारी ‘घायल’ को शब्द रचना र बाबुल गिरीको संगीत एवम् एरेन्ज छ।

गीतको भिडियोमा किरण केसी ‘राता मकै’, दीपाश्री निरौला तथा बाल कलाकारहरू रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन्।

माइकल चन्दद्वारा निर्देशित भिडियोमा सियोब श्रेष्ठको नृत्य, सौरभ लामाको छायाङ्कन र सलिन लम्सालको सम्पादन रहेको छ। भिडियो राजन श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्