नासिर र गौरीकाद्वारा कीर्तिमान भङ्ग



काठमाडौँ।

नासिर याहा हुसेन र गौरीका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन् ।

नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् । नासिरले हिजो आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

त्यस्तै, आजै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरीकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भंग गर्दै नयाँ १ मिनट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् । गौरीकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा राखेको १ मिनट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्