३१ वर्ष जेठा अभिनेतासँगको रोमान्सका कारण जेना आलोचित



एजेन्सी ।

अमेरिकी अभिनेत्री एवम् गायिका जेना ओर्टेगा आफूभन्दा ३१ वर्ष जेठा अभिनेताका साथ रोमान्स गरेका कारण आलोचित बनेकी छन्।

फिल्म मिलर्स गर्लमा अभिनेता मार्टिन फ्रिम्यान अभिनेताका साथ दिएको बोल्ड सिन यतिबेला इन्टनेटमा भाइरल भइरहेको छ। ब्ल्याक कमेडी जनरामा निर्मित सो फिल्ममा जेना एक १८ वर्षिया विद्यार्थीको भूमिकामा छिन् भने मार्टिन शिक्षकको भूमिकामा।
अभिनेत्री आफ्नो शिक्षकप्रति आकर्षित भएको र उनीहरूबीच भएको सम्बन्धको कथा छ।

सो दृश्यलाई लिएर जेना आलोचित बनेकी हुन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले यो दृश्यमा मुख्यतः दुई विषयलाई आधार मानेर आलोचना गरेका छन्।

पहिलो त शिक्षक र विद्यार्थीबीचको सम्बन्धप्रति फिल्मको प्रस्तुति र दोस्रो आफूभन्दा ३१ वर्ष पाका अभिनेताका साथ जेनाले कसरी त्यस्तो बोल्ड दृश्यमा अभिनय गर्न सकिन् भन्ने दर्शकको प्रश्न छ।

२१ वर्षकी जेनाको यो अभिनय अहिलेसम्मकै नराम्रो रहेको धेरैको प्रतिक्रिया छ। बाल कलाकारको रूपमा करिअर सुरू गरेकी जेना नेटफिल्क्स सिरिज वेनस्डेमार्फत् दुनियाँभर चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्