गोपीकृष्ण हल भोलिबाट बन्द



काठमाडौं ।

करिब तीन दशकदेखि सञ्चालनमा रहेको नेपाली फिल्मलाई बढीभन्दा बढी मुनाफा दिँदै आएको चाबहिलको गोपीकृष्ण मुभिज प्रालि बन्द हुने भएको छ।

गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि मंगलबारबाट हल बन्द हुने जानकारी गराएका हुन्।

‘२०५२ सालदेखि सञ्चालमा रहेको गोपिकृष्ण मुभिज २०८० साल फाल्गनु १ गतेदेखि बन्द हुने व्यहोरा दुःखका साथ जानकारी गराउँछौं। कोरोना संक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नुपरेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीका कारण फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सो निर्णयप्रति फिल्मकर्मीले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्