चट्याङ लागेर तीन गाउँलेको मृत्यु, १८ जना घाइते

24.82k
Shares

एजेन्सी।

दक्षिणी तान्जानियाको लिन्डी क्षेत्रमा अन्त्येष्टि कार्यक्रममा भाग लिने क्रममा शुक्रबार साँझ चट्याङ लागेर तीन जना गाउँलेको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।

यस क्षेत्रका स्वास्थ्य केन्द्रका इन्चार्ज अब्दल्लाह मपुताले दिएको जानकारी अनुसार पीडितहरू गाउँले छिमेकीको अन्त्येष्टिमा भाग लिइरहेका बेला चट्याङको प्रहारबाट घाइते भएका थिए ।

“उनीहरूलाई अन्त्येष्टि कार्यक्रममा भाग लिइरहेको बेला एक्कासि भारी वर्षा सहितको चट्याङले हिर्कायो,“ मपुटाले भने ।

साँझ ४ बजे उनीहरूलाई चट्याङ परेको थियो ।

घाइतेहरूको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

Skip This