मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान



काठमाडाैं ।

सुदरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान भएको छ । आज एक सूचना प्रकाशित गरी दुवै विश्वविद्यालयको उपकुलपतिमा आवेदन आह्वान गरिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्न भनिएको छ । विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय सानोठिमी भक्तपुरमा आवेदन दिनुपर्ने सूचनामा उल्लखे छ ।

प्रतिक्रिया दिनुहोस्