ईशाको सम्बन्ध विच्छेद्



काठमाडौं ।

बलिउड अभिनेत्री ईशा देवल र व्यवसायी भरत तख्तनीको सम्बन्ध विच्छेद् भएको छ। उनीहरूले विवाहको १२ वर्षपछि अलग हुने निर्णय लिएका हुन्।

उनीहरूद्वारा जारी एक संयुक्त वक्तव्यमा आफूहरूले आपसी सहमतिमा अलग हुने फैसला लिएको र आफूहरूको गोपनीयताको सम्मान गर्न अनुरोध गरेका छन्।

केही समययता ईशा र भरतको सम्बन्ध चिसिएको खबर भारतीय सञ्चार माध्यममा बारम्बार अँइरहे पनि उनीहरूले यसअघि आधिकारिक रूपमा मुख खोलेका थिएनन्।

पछिल्लो समयमा कुनै पनि सार्वजनिक कार्यक्रममा एकसाथ नदेखिएका उनीहरू पारिवारिक समारोहमा पनि सँगै देखिएका थिएनन्।

ईशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई सन्तान रहेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अब ईशा आफ्ना दुई सन्तानसँगै अभिनेत्री आमा हेमा मालिनीको साथ बस्नेछिन् भने सन्तानको हेरचाह ईशा र भरत दुवैले मिलेर गर्नेछन्।

ईशा बलिउड अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्