कलंकी नापी कार्यालयबाटै १ लाख घुससहित २ जना पक्राउ

2.16k
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेसन गरी नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई १ लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारको स्टिङ टोलीले उनीहरूलाई बुधबार साँझ कलंकीस्थित नापी कार्यालयमा सेवाग्राहीबाट घुसबापत १ लाख रुपियाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूले सेवाग्राहीलाई विभिन्न दुःख दिँदै पैसा दिएपछि मात्रै काम गरिदिने भन्दै केही दिनदेखि पैसा माग्दै आइरहेका थिए। विशेष सूचनाको आधारमा त्यहाँ पुगेको अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Skip This