म्याक्स टाइगर इनर्जी ड्रिंक किन्दा कार उपहार


काठमाडौं, (नेस) ।

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् ।

अभियानमार्फत लामाले कार जित्दा देशका विभिन्न स्थानका अन्य २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर पाएका छन् । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन् । कार विजेता लामाले एउटा क्यानबाट यति ठूलो पुरस्कार प्राप्त होला भन्ने आफूले कल्पनासमेत नगरेको बताए । कार जितेको खबर सुरुमा पत्याउनै कठिन भएको उल्लेख गर्दै उनले यसले आफू र परिवारमा खुसी थपेको प्रतिक्रिया दिए । पुरस्कारका लागि म्याक्स टाइगरप्रति उनले आभार व्यक्त गरेका छन् ।

अभियानअन्तर्गत मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो छन् ।

त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।

स्कुटर विजेतामा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन्। यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेका छन् ।

म्याक्स टाइगरले यस अभियानमा कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो। हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन्। अब थप आठ जनाले मोटरसाइकल वा स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई इनर्जी ड्रिंकको खरिदसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरेको छ। अभियानमा अझै पुरस्कार जित्ने अवसर बाँकी रहेकाले उपभोक्तालाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ।