अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु



मेल्लेख ।

अछाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६ बर्सकी निरुता बुढा र ३ बर्सका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्