पहिलो टेस्टमा दक्षिण अफ्रिकामाथि न्यूजिल्याण्डको जित

1.03k
Shares

काठमाडौं ।

न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले हराएको छ।

टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछ्याउँदै व्याटिङ् गरेको दक्षिण अफ्रिकाले २४७ रन मात्र बनाएपछि न्यूजिल्याण्डले २८१ रनले खेल जितेको हो।

यस अघि न्यूजिल्याण्डले पहिलो इनिंगमा ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १६२ रन बनाएको थियो।

त्यस्तै न्यूजिल्याण्डले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउँदै १७९ रन बनाएर पारी घोषणा गरेको थियो।

यो जितपछि न्यूजिल्याण्डले २ खेलको टेस्ट सिरिजमा १-० ले अग्रता हासिल गरेको छ। अब दोस्रो टेस्ट फेब्रुअरी १३ देखि सुरु हुने छ।

Skip This