काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।











प्रतिक्रिया