अभिनेता ओलाई दुर्व्यवहारको आरोपमा १ वर्षको सजाय



काठमाडौं ।

सन् २०२१ मा रिलिज वेब सिरिज स्क्विड गेममा प्लेयर नम्बर ००१ को भूमिकामा अभिनय गरेका अभिनेता ओ येओङ–सुलाई यौन दुर्व्यवहारको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ।

नवभारत टाइम्सका अनुसार उनीमाथि एक महिलाले यौन दुव्यर्वहारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सिरिजमा येओङ एक सोझो र लाचार भूमिकामा देखिएका थिए। तर, उनी यो हिंस्रक खेलमा महत्वपूर्ण भूमिकामा थिए।

उक्त शोपछि उनीमाथि यौन दुर्व्यवहारको उजुरी परेको थियो। येओङ एक व्यापारीसमेत हुन्। स्क्विड गेमको निर्माण र होस्ट उनले नै गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत फेब्रुअरी २ मा उनको मुद्दामा फाइल ट्रायल भएको थियो। स्वोन जिल्ला प्रसिक्युटर कार्यालयका सेओङगनाम ब्राचले युओङका लागि एक वर्ष जेल सजाय र काम गर्न रोक लगाएको छ।

यद्यपि, येओङले आफूले पीडितलाई छोरीसरह व्यवहार गरेको दाबी गरेका छन्। ‘यो उमेरमा अदालतमा उभिनु निकै दर्दनाक र कठिन हुन्छ। यो दुःखको कुरा हो कि मेरो जीवनको अन्तिम अध्याय यसरी सकियो, जसकारण मेरो पूरा जीवन बिग्रियो’, येओङले भनेका छन्।

उनका वकिलले पीडितका साक्षी र बयानमा प्रमाणको कमी रहेको दाबी गरेका छन्। महिलाका अनुसार सन् २०१७ मा हाइकिङका समयमा येओङले उनलाई गलत तरिकाले छोएका थिए।

उनले येओङले आफूलाई जबरजस्ती अंकमाल र चुम्बन गर्न खोजको आरोप पनि लगाएकी छन्। घटनापछि येओङले आफूलाई मोबाइलमा माफी मागेको र आफूलाई छोरीसरह भनेको पीडित महिलाले दाबी गरेकी छन्।

यो मामलाको आगामी सुनुवाइ मार्चमा पुनः हुने समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्