अनुष्का फेरि आमा बन्दै



काठमाडौं ।

बलिउड अभिनेत्री अनुष्का शर्मा दोस्रोपटक आमा बन्ने भएकी छन्। केही समय अघिदेखि नै उनको बेबी बम्ब देखिन थाले पनि अनुष्का र उनका पति तथा क्रिकेटर विराट कोहलीले यसबारे आधिकारिक रूपमा कुनै पनि जानकारी दिएका थिएनन्। तर, अब अनुष्काले आफ्ना फ्यानलाई छिट्टै नै खुसीको खबर दिने पुष्टि भएको छ।

हालै दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले आफ्ना फ्यानका साथ एक लाइभ कुराकानीमा अनुष्का दोस्रोपटक आमा बन्न लागेको बताएका छन्।

शनिबार भारत र इंग्ल्यान्डबीच भएको ५ म्याचबारे बुझ्न आफूले कोहलीलाई फोन गरेको र सो समय आफूले कोहली दम्पती दोस्रो सन्तान बन्न लागेको थाहा पाएको बताएका थिए।

विराट व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डविरुद्धको शृंखलाको पहिलो दुई टेस्टबाट पछि हटेका थिए। कोहलीको सो निर्णयबारे डिभिलियर्सले लाइभमा भने ‘उनी ठीक छन् र राम्रो गरिरहेका छन्। हो, उनीहरू दोस्रो बच्चाको प्रतीक्षामा छन् र यो पारिवारिक समय भएकाले यो समय उनीहरूका लागि महत्वपूर्ण छ।

यो खबरपछि विराट र अनुष्काको फ्यानको खुसीको सीमा हराएको छ। उनीहरूले सामाजिक सञ्जाल मार्फत आमाबाबु बन्न लागेको अनुष्का र विराटलाई शुभकामना दिइरहेका छन्।

सन् २०१७ मा विवाह गरेका विराट र अनुष्का दम्पतीको पहिलो सन्तान वामिका हाल ३ वर्षकी भएकी छन्।

प्रतिक्रिया दिनुहोस्