चिलीको जंगलमा भिषण आगलागी, ५१ जनाको मृत्यु



एजेन्सी

चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको मृत्यु भएको छ। चिलिका अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन्।

‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानिय स्मिथले भने ।

तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन।

यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र प्रभावित भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्