काठमाडौं ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनले उक्त पुरस्कार जितेका हुन् ।
राष्ट्रिय कर दिवसको अवसरमा नयाँ विजेता घोषणा गरिएको हो । सोही अवसरमा यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पण्डितलाई समेत सम्मान गरिएको छ ।











प्रतिक्रिया