इमरान खान र बुशरा बीबीबीचको बिहे अवैध भन्दै तोकियो सात वर्षको जेल सजाय



एजेन्सी ।

पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ। गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाइएको हो।

इमरानकी पूर्व पत्नी खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेका थिइन्। इमरानकी पूर्व पत्नी मनेकाले उनीमाथि विवाह अघि एक्स्ट्रा वैवाहिक सम्बन्ध रहेको आरोप लगाएकी थिइन्।

ट्रायल कोर्टले रावलपिंडीको अदियाला जेलमा १४ घण्टाको सुनुवाइपछि शुक्रबार राती सुनुवाइ पूरा गर्‍यो । जहाँ इमरान खान सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन्।

पाकिस्तानी समाचार संस्थाका अनुसार शुक्रबार अदालतले थप साक्षीहरू पेश गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो।

यस बाहेक बेलको याचिका पनि अदालतले खारेज गरेको थियो। गत बिहीबारको सुनुवाईका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक अर्काविरुद्ध आरोप लगाएका थिए।

मेनकाले अदालतमा इमरान खानले आफ्नो पारिवारिक जीवन बर्बाद पारेको भन्दै छोरीले पनि सम्बन्ध विच्छेदको सामना गर्नुपरेको बताएकी छन्। यस विषयमा बुशराबीबीले भनिन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ, म झुक्दिनँ।’

प्रतिक्रिया दिनुहोस्