एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौँ।

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी सोमबारदेखि सुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ । बैठक भोलि पनि बस्ने जनाइएको छ ।

संसद्को हिउँदे अधिवेशन आगामी सोमबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्