कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : शंकर पोखरेल



धादिङ ।

कार्यकर्ताले नेता बोक्ने नभई पार्टी बोक्नु पर्ने  नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

नेकपा एमाले धादिङको नवोँ जिल्ला अधिवेशनको शुक्रवार उद्घाटन गर्दै महासचिव  पोखरेलले सो कुरा बताएका हुन्  ।

उनले कार्यकर्ताले पार्टी नबोक्ने र नेता मात्र बोक्दा पार्टी सकिने धारणा व्यक्त गर्दै नेताहरू पनि सच्चिनका लागि आग्रह गरे ।“नेताहरुले आफूलाई धुरी ठान्नु हुन्न, पार्टीलाई धुरी ठान्नु पर्छ” महासचिव पोखरेलले भने।

नेकपा एमाले चिन्नका लागि त्रिशुली नदीमाथि  बनेका पुल चिने पुग्ने बताउँदै महासचिव पोखरेलले जनताले अस्वीकार गरेकाहरुबाट सरकार सञ्चालन गर्दा जनताले दुःख पाएको बताए ।

नेकपा एमाले जिल्ला बागमती प्रदेश कमिटी अध्यक्ष कैलास ढुंगेलले कांग्रेस र  माओवादीको गठबन्धन भनेको कोदो र तोरीको जस्तो गठबन्धनको संज्ञा दिँदै न तेल आउने न   ढिँडो खान मिल्ने  बताए ।

 

नवौँ जिल्ला अधिवेशनको उद्घाटन अघि धादिङबेसी पुछार बजारबाट भव्य र्‍याली प्रदर्शन गरिएको थियो ।

नेकपा एमाले नेताहरुको र कार्यकर्ताहरुको भव्य सहभागिता रहेको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देबकोटा, नेपाली काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायतले शुभकामना व्यक्त गरे ।

७ सय प्रतिनिधि सहभागी हुने अधिवेशन २ दिनसम्म संचाल हुनेछ भने नेतृत्व चयन गर्दै धादिङको विकासको खाका तयार गर्ने नेकपा उमाले धादिङका उपसचिव राधिका सापकोटाले जानकारी दिए । कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्