सभामुखसहित सचेतकहरूको बैठक जारी


काठमाडौं ।

सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा प्रमुख सचेकत र सचेतकहरुसँग छलफल गसिरहेका छन् ।

 सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा उपसभामुख इन्दिरा राना, दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका हुन् ।

 मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।