एमाले जिल्ला अधिवेशनको  तयारी पूरा, विकासको मार्गचित्र ल्याउने



धादिङ ।

नेकपा एमाले धादिङको नवौँ अधिवेशनकाे तयारी पूरा भएको छ ।
धादिङबेसीस्थित खुल्लामञ्चमा हुने अधिवेशनको शुक्रवार दिउसो नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
काठमाडौंबाट सडकमार्ग हुँदै धादिङबेसी आउन लागेका  ओलीको स्वागतमा एमालेले पृथ्वीराजमार्गको ठाउँठाउँबाट र्याली निकाल्ने र धादिङबेसीसम्म स्कटिङ गर्ने व्यवस्था मिलाएको पत्रकार सम्मेलनमा नेकापा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताए ।

एमाले धादिङको नवौ अधिवेशनले समृद्ध धादिङको मार्गचित्र प्रस्तुत गर्ने त्रिपाठीको भनाई छ । अधिवेशनले ५ जना पदाधिकारी सहितको १०५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने पनि अध्यक्ष त्रिपाठीले बताए ।

७ सय प्रतिनिधि सहभागी हुने अधिवेशनकाे उद्घाटनका लागि बजार सजाईएकाे छ । ताेरण टाँगिएकाे छ झण्डा र व्यानर राखेर अाकर्षक बनाइएको छ ।
नयाँ नेतृत्व चयनको लागि अधिकतम सर्वसम्मत प्रयास गर्ने एमाले नेताहरुले बताएका छन् ।

 ३० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट भएको एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटाले बताए ।

अधिवेशन उद्घाटनका लागि एमालेले गाउँ गाउँबाट विभिन्न झाँकीहरुसहित कार्यकर्ता धादिङबेसीमा ल्याउने तयारी गरेको छ।उद्घाटनसत्रमा धादिङमा क्रियाशील सबै राजनीतिक दलको उपस्थिति रहने एमालेले जनाएको छ।

अधिवेशनमा धादिङकाे समृद्धिको मार्गचित्रबारे पनि छलफल हुने छ ।

मतको हिसाबले १ नम्बर पार्टीलाई अब जित्ने पार्टी बनाउने  योजना रहेकाे र जनताको इच्छा पूरा गर्ने पार्टी एमाले मात्र भएको देवकाेटाकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्